Comments Add Comment

महासंघ उपाध्यक्षमा सौरभ ज्योतिको उम्मेदवारी घोषणा

२५ मंसिर, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग बाणिज्य महासंघको उपाध्यक्षका लागि युवा व्यवसायी सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलनमा उनले आगामी चैत्रमा हुने महासंघ निर्वाचनमा एसोसिएट उपाध्यक्षका लागि उम्मेद्वारी दिने बताएका हुन् ।

महासंघमा तीन उपाध्यक्ष हुने व्यवस्था छ, जसमा एक उपाध्यक्ष एशोसिएटबाट निर्वाचित हुनेछन् । गत अधिवेशनमा चन्द्र ढकाल एसोसिएटबाट सर्वसम्मत उपाध्यक्ष चयन भएका थिए ।

उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका ज्योति पूर्व अध्यक्ष पद्म ज्योतिका जेठा छोरा हुन् । उनी अटो व्यवसायीहरुको संगठन नाडा अटोमोवाइल डिलर्स एशोसिएनसका अध्यक्ष भइसकेका छन् । हाल राजश्व समितिका सभापति रहेका सौरभले ४ कार्यकाल महासंघमा बिताएका छन् ।

पत्रकार सम्मेलनमा ज्योतिले आफू सर्वसम्मत उपाध्यक्ष हुन सक्ने सम्भावना रहेको दाबी गरे । उनले अघिल्लो अधिवेशनमा पनि उम्मेद्वारी घोषणा गरेका थिए । तर अन्तिममा आएर उनले उम्मेद्वारी फिर्ता दिएपछि चन्द्र ढकाल सर्वम्मत रुपमा एशोसिएट उपाध्यक्षमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment