Comments Add Comment

राष्ट्र बैंकले पोखराको खालीचौरमा बगैंचा बनाउने

२५ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले पोखरामा आफ्नो स्वामित्वमा रहेको खाली चौरमा बगैंचा बनाउने भएको छ । राष्ट्र बैंकले खुला चौरलाई उपयोग गर्न भन्दै बगैंचा बनाउने निर्णय गरेको हो ।

राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक डा. डिल्लीराज पोख्रेलले चौर सम्याएर आकर्षक बगैंचा बनाउन लागिएको जानकारी दिए ।

निर्देशक पोख्रेलका अनुसार बगैंचा बनाउनका लागि राष्ट्र बैंकले टेण्डर प्रक्रियासमेत अन्तिम चरणमा पुर्‍याइसकेको छ ।

बुधबार मात्रै राष्ट्र बैंकले सिलबन्दी दरभाउपत्र आशयको सूचना जारी गरेको छ । सूचना अनुसार बगैंचा निर्माणका लागि श्री बास्तोला निर्माण सेवा कम्पनी छनोट भएको छ ।

बगैंचा निर्माणका लागि राष्ट्र बैंकले ४ मंसिरमा टेण्डर आहृवान गरेको थियो । जसमा सबैभन्दा कम मूल्य बास्तोला निर्माण सेवाले तोकेर टेण्डर हालेको हो ।

उक्त कम्पनीले मूल्य अभिवृद्धि करसहित ८ लाख ९१ हजार ९ सय २२ रुपैयाँ ११ पैसामा निर्माण गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सागको शानदार समापन

Advertisment