Comments Add Comment

सागमा स्वर्ण जित्ने फुटबल खेलाडीलाई जनही ५ लाख

२५ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा फुटबलतर्फ स्वर्ण जित्ने नेपाली टोलीका खेलाडीले जनही पाँच लाख पुरस्कार पाउने भएका छन्  । बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले सरप्राइज प्याकेज कार्यक्रममा फुटबल खेलाडीले ५/५ लाख पाउने घोषणा गरेका हुन्।

सरप्राइज प्याकेजमा फुटबल खेलाडी भने सरप्राइज्ड भएनन्। किनभने उनीहरुले यसअघि १२औं सागमा स्वर्ण जित्दा पनि ५/५ लाख पाएका थिए ।

यस पटक उनीहरुको पुरस्कारमा भने वृद्धि भएन । सुजल श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीले मंगलवार भुटानलाई २-१ ले पराजित गर्दै १३औं सागको फुटबलको स्वर्ण जितेको थियो ।

यस पटक पुरस्कारमा वृद्धि हुने भनिए पनि पुरानै स्केलमा पुरस्कार पाउने भएपछि खेलाडीहरु सन्तुष्ट हुन सकेनन् । स्वर्ण जित्ने नेपाली टिममा २० खेलाडी ३ प्रशिक्षक १ म्यानेजर १ फिजियो र १ सल्लाहकार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment