+
+

शाखारहित बिमा सेवा सुरु गर्न बिमा समितिको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २५ गते १८:४२

२५ मंसिर, काठमाडौं । शाखारहित बैंकिङ सेवा जस्तै अब शाखारहित बिमा सेवा सुरु हुने भएको छ । बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिले नयाँ मार्ग निर्देशन जारी गर्दै शाखारहित बिमा सेवा सुरु गर्न कम्पनीहरुलाई निर्देशन दिएको हो ।

बैंकिङ क्षेत्रमा भने यस्तो सेवा धेरै वर्ष पहिले सञ्चालन हुँदै आएको छ । खासगरी विकट क्षेत्रमा बैंकहरुले शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने गरेका छन् । सोही किसिमको सेवा बिमामा सुरु गरिएको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले जानकारी दिए ।

‘बिकट क्षेत्रमा शाखा खोल्न धेरै समस्या छ, फेरि सुरुमै राम्रो बिजनेस नहुँदा कम्पनीले खर्च धान्न पनि गाह्रो हुन्छ,’ अध्यक्ष चापागाईंले भने, ‘त्यसैले हामीले शाखारहित सेवा सुरु गरेका छौं ।’

नेपालमा बिमा व्यवसाय सुरु भएको ७० वर्ष पूरा भइसकेको छ । आर्थिक वर्ष २०७५/०७६ को अन्त्यसम्ममा बिमामा नेपालीहरुको पहुँच २५.५० प्रतिशत पुगेको छ । यो तथ्यांकमा वैदेशिक रोजगारी बिमासमेत समावेश छ । यसलाई अलग गर्दा बीमामा १९ प्रतिशत नागरिकको पहुँच पुगेको देखिन्छ ।

वैदेशिक रोजगार बिमासमेत जोड्दा आव ०७४/७५ को अन्त्यसम्म १२ प्रतिशत नागरिक बिमाको पहुँचमा थिए । यसलाई नजोड्दा कूल जनसंख्याको १० प्रतिशत नेपाली बिमाको पहुँचमा थिए । एक वर्षमै बिमाको पहुँचमा उल्लेखनीय सुधार भएको हो ।

पछिल्लो समय बिमामा नागरिकको पहुँच बढ्दो देखिए पनि यो पर्याप्त नभएको अध्यक्ष चापागाईं बताउछन् । शाखारहित बिमा सेवा सुरु भए पछि गाउँगाउँमा घुम्ति सेवा पुग्ने र नागरिकको आकर्षण बढ्ने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?