Comments Add Comment

ओबामा परिवार म्यासाच्युसेट्स राज्यमा बस्ने

अमेरिका । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा दम्पती म्यासाच्युसेट्समा बसाइ सरेका छन् ।

ओबामा दम्पतीले म्यासाच्युसेट्स राज्यको दक्षिणी कुनामा पर्ने मार्था भिनेयार्डमा गत बुधवार झण्डै १ करोड १७ लाख डलरमा घर खरिद गरेपछि उनीहरू अब म्यासाच्युसेट्सका स्थायी बासिन्दा भएका हुन् ।

उनले किनेको यो घर जग्गा ३० एकड क्षेत्रफलमा फैलिएको छ । घरमा सातवटा शयनकक्ष छन् ।

राष्ट्रपतिको ८ वर्षे कार्यकाल (सन् २००९-२०१७) मा सात पटक उनी यो क्षेत्रमा बिदा मनाउन आएका थिए । त्यसबेलादेखि नै उनको मनमा यो क्षेत्रमा बस्ने इच्छा रहेको बताइएको छ । समुद्र किनारस्थित यो स्थान प्राकृतिक रूपले पनि सुन्दर छ ।

ओबामा दम्पत्तिसँग करिब १३ करोड ५० लाख डलर रहेको अनुमान छ । मिसेल ओबामाको चर्चित पुस्तक ‘विकमिंग’ को बिक्रीबाट मात्रै ६ करोड ५० लाख डलर आर्जन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment