Comments Add Comment

धमेन्द्र भन्छन्–‘बजारको पछि दौडिन्नँ, मनलाई सुनेर गीत बनाउँछु’

गायक धर्मेन्द्र सेवानको युट्युब च्यानलबाट नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘गुलाबको फूल’ बोलको गीतमा धमेन्द्रकै शब्द, संगीत तथा स्वर छ । धमेन्द्र यो गीत आफूले ‘सफ्ट लभ म्यूजिक’ मन पराउने दर्शक–श्रोतालाई लक्षित गरेर तयार गरेको बताउँछन् ।

उनले भने–‘धेरै दर्शक–श्रोताले मैलै एक्लै गितार बजाएर गाएको मन पराउनु हुन्छ । मेरो रुचि पनि यसैमा छ । त्यसैले यो गीतलाई पनि सोही शैलीमा तयार गरेको छु ।’ आफ्नो गीत दर्शकले सुन्दा आफ्नै अनुभुति सोचेर सुनुन् भन्ने सोच धमेन्द्रको हुन्छ । उनलाई एउटै चाहाना छ, उनको गीत र श्रोताको सम्बन्ध साथीको जस्तो होस् ।

‘गुलाबको फूल’ प्रेमभावले भरिएको गीत हो । जुन हृदयदेखि नै प्रष्फुटित भएको छ । उनले भने–‘गीतमा एक पुरुष नारीको श्रृंगार पक्षसँग आफूलाई तुलना गरेर त्यसको अभिन्ने अंग बन्न चाहिरहेको छ । शिरबाट कम्मरसम्म पुग्दा यो गीतले उसको मन भित्रको प्रेमलाई व्यक्त गर्दै गएको छ ।’

अहिले धेरै जना सर्जकहरु बजारको पछि दैडिरहेको अवस्था छ । बजारमा जे हिट छ, त्यसैलाई पछ्याउने धेरै जन्मिएका छन् । धमेन्द्र भन्छन्–‘आखिर म पनि सोही भिडको पछाडि दैडिने हो भने मेरो परिचय कहाँ बन्छ र जस्तो लाग्न थाल्यो । त्यसैले आफ्नै जनरामा फर्किएँ ।’

आफ्नो मनलाई सुनेर गरेका सृजनाहरु कहिल्यै पनि नमर्ने उनले बताए । भने–‘मन वा आत्मालाई सुनेर गरेको संगीत सृजनाहरु एक्लै बस्दा आफैलाई नै सुनौ सुनौ लाग्ने रहेछ । तर, व्यवसायिक सोचले बनाएका गीतहरु त अरुले सुने पनि अप्ठ्यारो लाग्ने रहेछ । झन् त्यो समय पाएको प्रशंसा त निल्नु न ओकल्नु हुने रहेछ ।’

आगामी दिनमा पनि धर्मेन्द्र बजारको पछि नलागेर आफ्नो मनलाई सुनेर गीत बनाउने बताउँछन् । उनले भने–‘म मनको सन्तुष्टी चाहन्छु । त्यसैले मनलाई सुनेर नै गीत बनाउने छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment