+
+
Shares

रुपन्देहीमा अज्ञात समूहद्वारा डोजरमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २६ गते १३:१२

२६ मंसिर, काठमाडौं । रुपन्देहीमा बिहीबार बिहान ना.१ क ३३०० नम्बरको डोजरमा आगजनी भएको छ ।

रुपन्देहीको देवदह नगरपालिका-७ मदनग्राम बस्ने चन्द्रकान्त खरेलको सामर्थ कन्ट्रक्सन कम्पनी अगाडि पार्किङ गरी राखिएको डोजरमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

आगजनीबाट करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?