Comments Add Comment

अझै पनि तथ्यांकहरु अनुमानकै भरमा बन्छन् : अर्थमन्त्री

२६ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा कतिपय तथ्यांक अझै पनि अनुमानको भरमा आउने गरेको बताएका छन् ।

बिहीबार विश्व बैंकद्वारा राजधानीमा आयोजित नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक कार्यक्रममा अर्थमन्त्री खतिवडाले उनले नेपालको राष्ट्रिय तथ्यांक गणना हुने आधार वर्ष परिवर्तन हुन लागेको पनि जानकारी दिए ।

यसअघि सन्‍ २०००/२००१ लाई आधार मानेर गणना भइरहेकामा अब २००८/२००९ लाई आधार मानेर गणना गर्ने अर्थमन्त्री खतिवडाले बताए । सरकारले तथ्यांक ऐनमार्फत नेपालको तथ्यांक प्रणालीलाई अझ बलियो बनाउन लागिएको पनि उनले जानकारी दिए ।

कार्यक्रममा विश्व बैङ्कले सन् २०१९ का लागि नेपालसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांक अनुसार सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहनेछ । नेपालको आर्थिक वृद्धिदर अहिले पनि मनसुन र सेवा क्षेत्रमा निर्भर रहेको विश्वबैंकले उल्लेख गरेको छ । यस वर्ष सेवा क्षेत्रको वृद्धिदर ७.५ प्रतिशत रहने विश्वबैंकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment