+
+
Shares

इजरायलमा किन हुँदैछ एकै वर्षमा तेस्रो पटक निर्वाचन ?

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २७ गते ७:५५

२७ मंसिर, काठमाडौं । महिनौंको प्रयासपछि पनि इजरायलले एक वर्षमा तेस्रो पटक निर्वाचनलाई टार्न गरेका प्रयासहरू अन्ततः विफल भएका छन् । एकै वर्षमा तीन पटक निर्वाचन हुने संयोग यहुदी राज्य इजरायलको इतिहासमा पहिलो पटक हो ।

अप्रिल र सेप्टेम्बरमा भएका चुनावमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू तथा मध्यमार्गी प्रतिद्वन्द्वी बेन्नी गान्ट्ज कसैलाई पनि निर्वाचन गर्नको लागि स्पष्ट बहुमत नदिएपछि दुई प्रतिस्पर्धीलाई पछिल्लो निर्वाचनपछि संयुक्त सरकार बनाउन राष्ट्रपतिबाट गरिएको आग्रह पनि बुधबार राति सकिएको छ ।

निर्वाचनले एक वर्षमा सरकार गठन गर्न असमर्थ रहेका राजनीतिज्ञहरूप्रति गहिरो ध्रुवीकरण र असन्तुष्टि निम्त्याउने अनुमान राजनीतिक विश्लेषकहरूले गरेका छन् ।

अद्यपि, नयाँ निर्वाचनमा प्रधानमन्त्री नेतन्याहू तथा उहाँका प्रतिस्पर्धी गान्ट्जबीच नै कसिलो र सरकार निर्माणका लागि सार्थक अवसर मिल्नेछ ।

इजरायलमा व्यापक भ्रष्टाचार बढेको र यसमा प्रधानमन्त्री आफैं र उनका सहयोगीसमेत मुछिएको आरोप प्रतिपक्षी दलहरूले लगाउने गरेका छन् ।

ती दुई व्यक्ति एकताको सरकार गठनको बारेमा बुधबार रातिसम्म पनि छलफल गरिरहेका थिए तर राति १२ः०० बजेपछि यहाँको कानूनअनुसार संसद् (नेसेट) स्वतः भंग भएको छ ।

‘उनीहरूले हामीमाथि नयाँ चुनाव गर्न बाध्य तुल्याए’, नेतान्याहूले एक भिडियो सम्बोधनमा भनेका छन् ।

इजरायलमा अब मार्चमा निर्वाचन हुनेछ । यद्यपि निर्वाचनका लागि मिति भने तोकिएको छैन ।

त्यस्तै गान्ट्जको ‘ब्लु एण्ड ह्वाइट’ पार्टी पक्षधर नेता तथा सांसदहरूले भनेका छन्, ‘इजरायलमा प्रधानमन्त्री नेतन्याहूको दलले निर्वाचन जितेमा देशले थप भ्रष्टाचारको सामना गर्नुुपर्नेछ । देशको अर्थव्यवस्था थप कमजोर बन्नेछ ।’

उनीहरूको आरोप छ, ‘इजरायली प्रधानमन्त्रीले आफूलाई राष्ट्रवादी नवनाउँदा र सधैं विशेषाधिकारको खोजी गर्दा देशले पटक पटक निर्वाचनमा जानुपरेको छ ।’

इजरायलका जनताबीच पटकपटकका निर्वाचनपछि पनि देशको राजनीतिक संकट कायम रहनु र निर्वाचनमा मात्रै तीन अर्ब ४० करोड अमेरिकी डलर खर्च हुनुपर्ने बाध्यतालाई लिएर नेताहरूप्रति वितृष्णा जागेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?