
२७ मंसिर, काठमाडौं । सोलुखुम्बुमा आफ्नै छिमेकीको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले शुक्रबार बिहान एक युवालाई पक्राउ गरेको छ ।
दुधकोसी गाउँपालिका-३ बस्ने २६ वर्षीय डाकमान कार्की पक्राउ परेका हुन् ।
कार्कीले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने १८ वर्षीय पविधान राईको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको थियो ।
कार्कीलाई नियन्त्रणमा राखेर यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4