Comments Add Comment

सिद्धार्थ बैंकको रामानन्द चोकमा शाखा उद्घाटन

२७ मंसिर, काठमाडौं । सिद्धार्थ बैंकले शुक्रबार जनकपुर अवस्थित रामानन्द चोक शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ ।

बैंकको रामानन्द चोक शाखाको उद्घाटन प्रदेश नं २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवबाट भएको थियोे । बैंकले रामानन्द चोक शाखा गत २०७६ भाद्र ९ गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, १ सय ९४ एटीएम र १ हजार ६ सयभन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment