Comments Add Comment

पहाडी जिल्लामा प्रदेश राजधानीबाट उडान : मन्त्री भट्टराई

२७ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटन प्रवद्र्धनका लागि पहाडी क्षेत्रमा हुने प्रत्येक उडान प्रदेशको राजधानीबाट गर्ने योजना रहेको बताएका छन् ।

प्रदेश १ को प्रदेश स्तरिय पर्यटन प्रवर्द्धन समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘भ्रमण वर्ष २०२० पर्यटन प्रवद्र्धन समन्वय गोष्ठी’लाई सम्बोधन गर्दै मन्त्री भट्टराईले त्यसका लागि प्रदेशमा रहेका विमानस्थलको स्तरोन्नति आवश्यक रहेको धारणा राखे ।

उनले प्रदेश १ को विराटनगरमा रहेको विमानस्थलको लम्बाई ३ हजार मिटरको बनाउनुपर्ने समेत बताए । त्यसका लागि संघीय सरकारले समेत सहयोग गर्ने प्रतिवद्धता जनाए । मन्त्री भट्टराईले संघीय सरकारले राखेको एक दशक पर्यटन वर्षको अभियानका लागि प्रदेश सरकारहरुसँग समन्वय गर्ने समेत बताए ।

कार्यक्रममा प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले अबको १० वर्षमा नेपालको उत्कृष्ट पर्यटकीय क्षेत्र भएको प्रदेशको रुपमा प्रदेश १ लाई विकास गर्ने बताए । त्यसका लागि भ्रमण वर्ष २०२० लाई आधार वर्षको रुपमा लिने उनको भनाइ छ ।

कार्यक्रममा पर्यटकीय क्षेत्रको विकासका लागि संघीय सरकार, प्रदेश र स्थानीय तहसँग राम्रो समन्वय कायम हुनुपर्नेमा जोड दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment