+
+
Shares

जानकी मन्दिर प्राङ्गणमा गाडी पूर्ण रुपले रोकौं : मुख्यमन्त्री राउत

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २७ गते १९:४१

२७ मंसिर, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी मन्दिर सौन्दर्यीकरणका लागि मन्दिर प्राङ्गणभित्र सवारीसाधन पूर्ण रुपले रोक्नुपर्ने बताएका छन् ।

जानकी मन्दिरको सौन्दर्यीकरणका लागि वृहत गुरुयोजना निर्माण गर्न प्रदेश सरकारले शुक्रबार आयोजना गरेको सर्वपक्षीय छलफलमा मुख्यमन्त्री राउतले मन्दिर प्राङ्गणमा सबै किसिमका सवारीसाधन आवागमनमा रोक लगाउन निर्देशन दिए । उनले सवारी साधन पस्न नदिनका साथै सुरक्षाका निम्ति प्रहरी परिचालनको व्यवस्था मिलाउन निर्देशन समेत दिए ।

मन्दिरको धार्मिक, सांस्कृतिक महत्वलाई थप सशक्त बनाउँदै धार्मिक पर्यटनलाई बढावा दिने उद्देश्यले वृहत गुरुयोजना निर्माण गरिने बताउँदै उनले मन्दिरमा जारी सौन्दर्यीकरणलाई तीन महिनाभित्र सक्ने पनि बताए ।

प सौन्दर्यीकरणको लागि तेलहा मरहा, विवाह मण्डप सहितको वृहत गुरुयोजना निर्माण गर्ने र सोको लागि प्रदेश सरकार, जानकी मन्दिर, जनकपुरधाम उप–महानगरपालिका र पुरातत्व विभागको संयुक्त प्राविधिक टोली निर्माण गरिने जानकारी गराए । यो टोलीले आवश्यक परे भारतीय साँस्कृतिक प्राविधिकको सहयोग लिन सकिने निर्णय सर्वपक्षीय बैठकले गरेको छ ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासको अध्यक्षतामा भएको उक्त बैठकमा प्रथम प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थ, कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपाका नेता राम चन्द्र मण्डल, प्रदेश सभा सदस्य सावित्री देवी साह, नगर प्रमुख लालकिशोर साह, मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा, नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, प्रमुख सचिव राम कृष्ण सुवेदी, सुरक्षा निकायका प्रमुखहरु सहितको सहभागिता रहेको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?