२७ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुशासन समितिले फुटबल खेलाडी बिमल घर्ती मगर र दिनेश राजवंशीलाई ९० लिन निलम्बन गर्ने निर्णय गरेको छ ।
यससँगै दुबैले भोलिबाट सुरू हुने ए डिभिजन लिग गुमाउने भएका छन् ।
अञ्जन विष्ट र सन्तोष तामाङलाई भने ४५ दिन मात्र निलम्बन गरिएको छ । उनीहरूले भने लिगका केही खेल खेल्न सक्नेछन् ।
विश्वकप छनोटमा कुवेतविरुद्ध खेल्न भुटान जानु अघिल्लो दिन चार फुटबलर नाइट क्लबमा पुगेका थिए । त्यही कारण उनीहरुले टिमबाट हटाइयो । चारै जनाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) समेत गुमाए ।
ए डिभिजन लिग सुरु हुनु अघिल्लो दिन अनुशासन समितिले निलम्बनको निर्णय गरेको छ । उनीहरुको निलम्बन आज अर्थात डिसेम्बर १३ गतेदेखि लागू हुनेछ ।
सबै चार जनालाई एन्फाले जनही ५० हजार रुपैयाँ जरिवाना पनि गरेको छ ।
प्रतिक्रिया 4