News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्रले टस जितेर चितवन राइनोजविरुद्ध पहिले बलिङ रोजेका छन्।
- चितवन राइनोजको कप्तानी आज जिम्बाव्वेका अलराउण्डर सिकन्दर राजाले गरेका छन्।
- सिकन्दर जिम्बाव्वेका लागि अफगानिस्तानविरुद्धको सिरिज खेलेर नेपाल आइपुगेका हुन्।
१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोएल्सले चितवन राइनोज विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
सुदूरका कप्तान दीपेन्द्रले टस जितेर बलिङ रोजेका हुन् ।
चितवन राइनोजका लागि आज जिम्बाव्वेका अलराउण्डर सिकन्दर राजाले कप्तानी गर्दैछन् ।
उनी जिम्बाव्वेका लागि अफगानिस्तान विरुद्धको सिरिज खेलेगत्तै नेपाल आइपुगेका हुन् । यसअघि चितवनको कप्तानी रवि बोपाराले गरेका थिए ।
प्रतिक्रिया 4