+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

शिक्षकलाई शिक्षामन्त्रीको चेतावनी- गुणस्तरीय शिक्षा दिन नसके पेशा परिवर्तन गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २८ गते ११:१२

२८ मंसिर, विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारी विद्यालय शिक्षकहरुको जागिर खानेमात्र थलो नभएको बताएका छन् । उनले गुणस्तरीय शिक्षा दिन नसक्नेलाई पेशा परिवर्तन गर्न सुझावसमेत दिएका छन् ।

प्रेस संगठन मोरङले शनिबार विहान विराटनगरमा गरेको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले भने, ‘सबै विद्यार्थीले क्वालिटीको एजुकेशन पाउनु पर्छ, त्यसको व्यवस्था सरकारले मिलाउँछ, तर शिक्षकले विद्यार्थीलाई क्वालिटीको एजुकेशन दिन सक्दैनन् भने उनीहरुले पेशा परिवर्तन गरे हुन्छ । विद्यालय जागिर खानेमात्र थलो होइन ।’

उनले शिक्षक सक्षम नभई गुणस्तरीय शिक्षा दिन नसक्ने निश्कर्षसहित सरकारले उनीहरुलाई सक्षम बनाउन कुनै पनि कसर बाँकी नराख्ने समेत बताए ।

शिक्षकलाई राज्यले सक्षम बनाउन लगानीमात्र गरेर नपुग्ने भन्दै मन्त्री पोखरेलले स्वय शिक्षकहरुले पनि आफूलाई अद्यावधिक गर्नुपर्ने समय आएको बताए ।

त्यसैगरी मन्त्री पोखरेलले प्रविधिक शिक्षामा जोड दिन सके मात्र समाज समृद्ध हुने बताए । उनले भने, ‘शिक्षालाई श्रम, प्रविधि र सिपसँग जोड्नु पर्छ । सिपलाई उत्पादनमा बदल्नुपर्छ । अनि मात्र समृद्ध समाज निर्माण हुन्छ ।’

उनले अहिलेको आवश्यकता अनुसार प्राविधिक धारको शिक्षालाई पहिलो प्राथमिकतामा सरकारले राखेको जानकारीसमेत दिए ।

उनले सार्वजनिक शिक्षालाई पहिलो बनाउने सरकारको योजनाअनुसार १० वर्षे गुरुयोजना अघि सारिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?