Comments Add Comment

चक्कु प्रहार गरी कमलादेवीको हत्या

२८ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमामा एक महिलाको हत्या भएको छ । तिलोत्तमा-१० कान्छीबजार निवासी ५५ वषिर्या कमलादेवी परियारको घांटीमा चक्कु प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार घर नजिकै प्लटिङ गरेको जग्गामा खर काट्दै गरेको अवस्थामा तिलोत्तमा १० कै विकास गुरुङले परियारलाई चक्कु प्रहार गरेका थिए । घटनापछि भाग्दै गरेको गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment