Comments Add Comment

जापानमा हुने यू-१२ फुटबलमा एन्फाले टिम पठाउने

काठमाडौं । जापानमा हुने अन्तर्राष्ट्रिय कोपा टोरे यू-१२ फुटबल प्रतियोगितामा नेपाली यूवा टोली पनि सहभागी हुने भएको छ । यसमा लागि शनिवार एन्फा र नेपाल युथ सकर प्रोजेक्ट (एनपीओ) बीच सम्झौता भएको छ ।

युवा फुटबल विकासका लागि सहकार्य गर्ने सम्झौतामा एन्फा र एनपीओ अध्यक्ष तथा फनरुट्स एकेडेमीका प्रशिक्षक बसन्त गौचनले हस्ताक्षर गरेेका छन् । सम्झौता दुई वर्षका लागि भएको एन्फा अध्यक्ष कर्मा छिरिङ शेपाले जानकारी दिए ।

गौचन नेपाल राष्ट्रिय टिमका पूर्व खेलाडी पनि हुन् । उनकै पहलमा कास्की जिल्ला फुटबल संघसँग सहकार्य गरेर नेपालबाट यू-१२ फुटबल टिम जापान खेल्न गएको थियो । यसो गर्दा नेपालभरका खेलाडी समेट्न नसकिएकेले यस पटक एन्फासँग नै सहकार्य गरेको वसन्त गौचनले बताए ।

अब प्रदेश स्तरबाट नै यू-१२ खेलाडीहरु छनोट गरी काठमाडौंमा १५-२० दिन ट्रेनिङ दिने र त्यसबाट उत्कृष्ट १२ जना छनोट गरेर जापान पठाउने एन्फाले जनाएको छ । नेपालमा रहँदा खेलाडीको खर्च र व्यवस्थापन एन्फाले गर्ने अनि जापान जाँदा आउँदाको सम्पूर्ण खर्च एनपीओले बेहोर्ने बसन्त गौचनले बताए । यस्तै फन रुट्सले पनि नेपाली टिमलाई सहयोग गर्नेछ ।

आगामी मार्चमा टोकियोमा हुने कोपा टोरे यू-१२ प्रतियोगितामा स्पेन, फ्रान्स, जर्मनी, मलेसिया, अष्ट्रेलियाका साथै जापानको जेल लिग क्लबको युथ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment