Comments Add Comment

निर्देशक समाजको चुनावमा राजनीतिः ‘राणा भर्सेस राई’

शनिबार चलचित्र निर्देशक समाजले नयाँ नेतृत्व पाएको छ । ३ बर्ष लगभग शुन्य गतिविधीमा रहेको निर्देशक समाज अब चलायमान हुने अपेक्षा मात्र गर्न सकिन्छ । सुचित्रा श्रेष्ठको नेतृत्वमा रहेको समाजको अवस्था दयनिय नै देखिएको थियो ।

अध्यक्ष पदमा विजयी रक्षा सिंह राणा र उनको टिमले संस्थालाई कत्तीको बलियो बनाउँछ, समय आएपछि थाहा हुनेछ । अहिले नै यो टिमको टिप्पणी गर्नु उपयुक्त नहोला ।

तर, निर्देशक समाजमा यसपटक पनि राजनीतिक चलखेल भएको देखियो । केही समय अगाडि भएको ‘चलचित्र कलाकार संघ’को निर्वाचनमा चलचित्र क्षेत्रका दुई निर्माता राजकुमार राई र रोज राणाको टकराव देखिएको थियो । रोजले समर्थन गरेका रविन्द्र खड्का अध्यक्ष पदमा विजयी भएका थिए ।

यसपटक, निर्देशक समाजमा पनि यस्तै देखियो । रोज राणाले रक्षा सिंह राणालाई समर्थन गर्दा राजकुमार राइको समर्थन भने सुचित्रा श्रेष्ठलाई देखियो । १ मतको अन्तरले राणाको समर्थन पाएकी रक्षाले चुनाव जितिन् । रक्षालाई जिताउन राणासँगै नवल खड्का र दिनेश डीसी लागेका थिए । यता, सुचित्रालाई जिताउन राजकुमार राई र केपी पाठक लागेका थिए ।

रक्षाको जितमा अध्यक्ष पदका अर्का उम्मेदवार लक्ष्मण रिजाल उठ्नु पनि हो । लक्ष्मणले सुचित्राको भोट काट्दा रक्षालाई फाइदा भयो र उनी १ मत अन्तरले जितिन् ।

हुनत, नेपाली चलचित्र सम्बन्धी संघसंस्था निर्वाचनको समयमा मात्र तात्छन् । यसपटक, निर्देशक समाजको निर्वाचनलाई धेरै निर्देशकहरुले चासोको रुपमा हेरेनन् । २१७ जना मतदातमा जम्मा १३४ मत खस्नुले पनि यो कुराको पुष्टी गर्दछ । निर्देशक समाजप्रति निर्देशकहरुकै चासो छैन भन्ने मुल्यांकन यो आँकडाबाट पनि सहजै गर्न सकिन्छ ।

सिंगो चलचित्र नै बनाउने निर्देशकहरुले मत हाल्न नजान्नु अर्को रोचक कुरा रह्यो । १९ मत वदर हुनुले पनि यो कुराको पुष्टी गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment