Comments Add Comment

विद्यार्थीलाई गलाउने र थकाउने खेल सुरु भयो : चिकित्सा शिक्षा संर्घष समिति

२९ मंसिर, चितवन । मेडिकल कलेजहरुले लिने अतिरिक्त शुल्क फिर्ता र समायोजनको माग गर्दै आन्दोलनमा उत्रिएको चिकित्सा शिक्षा संर्घष समितिले विद्यार्थीलाई थकाउने, गलाउने र दवाउने खेल सुरु भएको जनाएको छ ।

संर्घष समितिका संयोजक प्रकाश चन्द र प्रवक्ता नरेश भट्टले आइतबार संयुक्त प्रेस विज्ञप्ती जारी गरी सरकार नै मेडिकल कलेज सञ्चालकहरुलाई जोगाउन र विद्यार्थीलाई थकाउन लागि परेको बताएका छन् ।

विद्यार्थी आन्दोलनमाथि अनेकखालका षडयन्त्र सुरु गरी भौतिक रुपमा नै सिध्याउने खेल खेलिएको विज्ञप्तीमा उल्लेख छ । चितवन मेडिकल कलेजले शुल्क समायोजन गर्ने भनेर जारी गरेको सूचनाप्रति लक्षित गर्दै संर्घष समितिले शैक्षिक बर्ष ०७४/०७५ र ०७५/०७६ मा बढी लिइएको शुल्क समायोजन गर्नुपर्ने बताएको छ ।

एमबीबीएसमा प्रति विद्यार्थी ६ लाख र बीडीएसमा १ लाख २५ हजार रकम तोकिएको भन्दा बढी लिइएको एमबीबीएसको ५ लाख ९४ हजार र बीडीएसको १ लाख १९ हजार रकम समायोजन गर्नुपर्ने माग संर्घष समितिले गरेको छ । साथै ०७२/०७३ र ०७३/०७४ मा प्रति विद्यार्थी ५ लाखेदेखी २२ लाखसम्म बढी शुल्क लिइएको सो शुल्क फिर्ता गर्नुपर्ने माग संर्घष समितिद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । छात्रवृति कोटामा पढेका विद्यार्थीबाट समेत १ लाखदेखि ३ लाखसम्म बढी रकम लिइएकोले फिर्ता गर्नुपर्ने माग विद्यार्थीको छ ।

नर्सिङ, बिएमएटी लगायतका अन्य स्नातक तहका कार्यक्रममा त्रिविले आंगिक क्याम्पसका लागि तोकिएको भन्दा बढी शुल्क लिइएकोले सो शुल्क समेत फिर्ता गर्नुपर्ने माग संर्घष समितिले गरेको छ । परीक्षा शुल्क त्रिविले तोकेको दुइहजार पाँचसयभन्दा बढी नलिन निजी कलेजहरुलाई संर्घष समितिले चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment