Comments Add Comment

मार्चबाट नेपाल एयरलाइन्सले नारिता र ग्वाङझाउमा उडान थाल्ने

२९ कात्तिक, काठमाडौं । नेपाल एयरलाइन्सले आगामी मार्च पहिलो र दोस्रो साताबाट जापान र चीन गरी थप दुई गन्तव्यमा उडान सुरु गर्ने भएको छ ।

जसअनुसार जापानको नारितामा मार्चको पहिलो साता र चीनको ग्वाङ्झाउमा मार्च दोस्रो साताबाट निगमको उडान प्रारम्भ हुने निगमले जनाएको छ ।

निगमको २६ मंसिरमा बसेको कार्यकारी समितिको बैठकले हाल उडान गरी रहेको अन्तर्राष्ट्रिय गन्तव्यका अतिरिक्त थप दुई गन्तव्यमा उडान बिस्तार गर्ने निर्णय गरेको हो ।

नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भ सँगै उडान शुरु गर्न लागिएको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिएका छन् । उडान थपिएसँगै पर्यटकको संख्यामा उल्लेखनीय बृद्धि हुने अपेक्षा निगमको छ ।

यी दुई गन्तव्यको उडान थपिए पछि ए–३२० न्यारोवडी र ए–३३० वाइडवडीको उडान घण्टामा वृद्धि भई पूर्ण उपयोगमा आउने भएका छन् ।

अहिले निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा जापानको ओशाका, भारतको दिल्ली, बैंगलौर, मुम्बई, बैंकक, मलेसिया, दुवई, दोहा र हङकङमा उडाइरहेको छ । निगमसँग अहिले दुई ए ३२० न्यारोवडी र दुई ए ३३० वाइडवडी विमान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment