Comments Add Comment

जमैकाकी टोनी एन सिंहलाई ‘मिस वर्ल्ड’को उपाधि, अनुष्का श्रेष्ठलाई ‘ब्युटी विथ प्रपस’

२९ मंसिर, काठमाडौं । मिस वर्ल्ड २०१९ को ताज जमैकाकी सुन्दरी टोनी एन सिंहको पोल्टामा परेको छ । यही प्रतियोगितामा सहभागी मिस नेपाल अनुष्का श्रेष्ठले भने ‘व्युटी विथ प्रपस’ अवार्ड जितेकी छन् ।

इक्सल लन्डनमा १४ डिसेम्बरमा आयोजित कार्यक्रमबीच सिंह आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै मिस वर्ल्ड २०१९ को व्युटी प्याजेन्ट घोषित भएकी हुन् ।

सन् २०१८ कि मिस वर्ल्ड विजेता मेक्सिकोकी भनेसा पोन्सले टोनीको शीरमा क्राउन लगाइदिँदै जिम्मेवारी हस्तान्तरण गरेकी थिइन् ।

अनुष्का श्रेष्ठ

२३ वर्षीया सिंह जमैकाको मोरान्टाकी हुन् । उनी फ्लोरिडा स्टेट युनिभर्सिटीबाट मनोविज्ञान र महिला अध्ययनमा स्नातक हुन् ।

मिस वर्ल्डको ताज जमैकाले कब्जा जमाएको यो चौथोपटक हो । यसअघि सन् १९६३, १९७६ र १९९३ मा पनि जमैकाकी युवती विश्व सुन्दरी घोषित भएका थिए ।

प्रतिस्पर्धामा फ्रान्सकी ओफेली मेजिनो फस्ट रनरअप र भारतकी सुमन राव सेकेन्ड रनरअप घोषित भएका छन् ।

मिस नेपाल अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड’ २०१९ मा ब्युटी विथ प्रपस’ अवार्ड जितेकी छन् । यसअघि उनी मल्टिमिडिया अवार्ड जित्दै उत्कृष्ट ४० मा पुगेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment