Comments Add Comment

पोखरा प्रिमियर लिगमा पोखरा पल्टनको विजयी सुरुवात

२९ मंसिर, पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) को दोस्रो सिजनमा पोखरा पल्टनले विजयी सुरुवात गरेको छ । उसले काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटले पराजित गरेको हो । काठमाडौंले दिएको १ सय १६ रनको लक्ष्य पोखराले १४.१ ओभरमा १ विकेटको क्षमतामा भेट्टायो ।

पोखराका लागि आशिफ सेखले १४ रन जोडे भने कुशल भुर्तेल ६५ र रविन्दर सिंह ३८ रनमा अविजित रहे ।

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं गोल्डेन वारियर्सले निर्धारित २० ओभरमा १ सय १५ रन जोडेको थियो । उसका सुवोथ भाटीले ४५, गौरव तोमरले १३, सुसन भारीले नटआउट १० रन जोडे ।

अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर जोड्न सकेनन् । बलिङतर्फ कुशल मल्ल, ललितनारायण राजवंशी र रसिद खानले समान २ विकेट र सर्वजित लड्डा र प्रथमेस डेकले १/१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment