 
															Photo Credit : फाइल तस्वीर
								
																			२७ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा पानी परेको छ । देशभर मौसममा आएको बदलीसँगै उपत्यकामा पनि पानी परेको हो ।
देशको पश्चिम भेगबाट बुधबारदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीले पानी परेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ । चन्द्रागिरीलगायत स्थानमा भने हिउँ परेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार, हिमालमा हिमपात र पहाडी भेगमा अहिले वर्षा भइरहेको छ ।
मौसमविद्का अनुसार, शनिबारसम्मै काठमाडौं उपत्यकालगायतका देशका पहाडी तथा मध्यपहाडी भागमा वर्षा हुने सम्भावना छ । ‘भोलिसम्म काठमाडौं उपत्यका लगायतका स्थानमा वर्षा हुने सम्भावना छ’, मौसमविद् पौडेलले भने, ‘दिउँसो घाम नलाग्ने र पानीसमेत पर्ने भएकाले काठमाडौंमा चिसो बढ्छ, वरपरका पहाडमा आजै रातिदेखि हिउँ पर्न सक्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4