Comments Add Comment

दाङ बारको चुनावमा नेकपा-कांग्रेसको संयुक्त प्यानल पराजित

विद्रोही प्यानलबाट अध्यक्ष, उपाध्यक्ष र तीन सदस्य विजयी

विद्रोही प्यानलबाट विजयी अध्यक्ष शिवप्रसाद घिमिरे (दायाँ), उपाध्यक्ष मणिराज आचार्य (वायाँ) र सदस्य हरि बेल्बासे बीचमा । तस्वीर : कुलदीप न्यौपाने

२९ मंसिर, घोराही । नेपाल बार एसोसिएशन दाङको निर्वाचनमा नेकपा र कांग्रेसको संयुक्त प्यानलको उम्मेदवारलाई हराउँदै स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा शिवप्रसाद घिमिरे ४ मत अन्तरले र उपाध्यक्षमा मणिराज आचार्य एक मत अन्तरले विजयी भएका हुन् ।

अध्यक्षमा विजयी घिमिरेले ६२ र उनका निकटतम प्रतिस्पर्धी ऋषिराज न्यौपानेले ५८ मत पाएका छन् । त्यस्तै उपाध्यक्षमा विजयी मणिराज आचार्यले ६० र उनका निकटतम प्रतिस्पर्धी ठाकुरप्रसाद ओलीले ५९ मत पाएका छन् । अध्यक्षमा निर्वाचित घिमिरे कांग्रेसका विद्रोही र उपाध्यक्षमा विजयी आचार्य नेकपाका विद्रोही उम्मेदवार हुन् ।

दाङ बारको चुनावमा नेकपा र कांग्रेस निकट कानुन व्यवसायीले संयुक्त रुपमा ऋषिराज न्यौपानेलाई अध्यक्ष र ठाकुरप्रसाद ओलीलाई उपाध्यक्षको उम्मेदवार बनाएका थिए । त्यसविरुद्ध विद्रोही उम्मेदवारहरुको छुट्टै प्यानल खडा गरिएको थियो । विद्रोही प्यानलबाट अध्यक्ष, उपाध्यक्ष र तीन सदस्य निर्वाचित भएका छन् ।

सचिवमा भने नेकपा र कांग्रेसको आधिकारिक प्यानलका सञ्जय कुमार केसी ७० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नारायण प्रसाद डाँगीले ४९ मत पाए ।

त्यस्तै कोषाध्यक्षमा पनि नेकपा-कांग्रेस प्यानलकै ठाकुरप्रसाद गिरी ६४ मतसहित बिजयी भएका छन् । उनका निकटम प्रतिस्पर्धी प्रेमबहादुर ओलीले ५१ मत पाएका छन् ।

त्यस्तै सदस्यहरुमा हरि बेलबासे, नारायणप्रसाद रिजाल, भरत न्यौपाने, निर्मलेश्वरी दाहाल, निर्मला सुवेदी, ओमभक्त डाँगी, अच्युतराज न्यौपाने बिजयी भएका छन् ।

केन्द्रीय पार्षदहरुमा निश्चल हमाल, लुमबहादुर कार्की, नुमानन्द आचार्य, ललितबहादुर केसी, रिकण पौडेल, अर्जुनकुमार अधिकारी र गोपाल गिरि चुनिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment