Comments Add Comment
लेक रहे पो रहला लेकसाइड :

२०० वर्षमै फेवाताल पुरिन्छ !

२७ मंसिर, पोखरा । विभिन्न अध्ययनले भन्छ, ‘प्रत्येक वर्ष फेवातालमा १ लाख ४८ हजार मेट्रिकटन ढुंगा, गिट्टी, बालुवा र गेग्रान फेवातालमा मिसिन्छ ।’ त्यसैमाथि बर्सेनी भूक्षयले फेवाताललाई खुम्याइरहेको छ । मानवीय अतिक्रमणले पनि फेवाताल साँघुरिँदै गइरहेको छ ।

सर्वोच्च अदालतले वैशाख २०७५ मा ३ वटै सरकारलाई फेवातालको साँध सिमाना कायम गर्न र अतिक्रमण हटाएर मापदण्ड निर्धारण र्न निर्देशन दिएपनिा अहिलेसम्म न साँध सिमाना कायम भएको छ, न सर्वोच्चको आदेश कार्यान्वयन गर्न कुनै सरकारले प्रयत्न गरेका छन् ।

यस्तै अवस्था रहने हो भने फेवातालको नामोनिशान नरहने भन्दै सरोकारवालाको चिन्ता व्यक्त गरेका छन् ।

पोखरामा शुक्रबारदेखि सुरु भएको नेपाल लिटरेचर फेस्टिभलको पहिलो सत्र थियो, ‘लेक रहे पो रहला लेकसाइड ।’ यो सत्राा थिए, फेवातालसम्बन्धी थेसिस गरेका प्राडा देवेन्द्रबहादुर लामिछाने, तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारद्वारा गठित फेवाताल अतिक्रमण छानबिन समिति संयोजक विश्वप्रकाश लामिछाने, पूर्वाधार विज्ञ किशोर थापा र व्यवसायी गणेशबहादुर भट्टराई । सहजकर्ता थिए, दिपेन्द्र श्रेष्ठ ।

उनीहरुको निष्कर्ष छ, ‘स्थानीयलाई उचित क्षतिपूर्ति दिएर सर्वोच्चले दिएको आदेश पालना गर्नुको विकल्छ छैन । त्यसका लागि तीनै तहको समन्वयमा आदेश कार्यान्वयन गर्न एक्सन लिनैपर्छ ।’

पोखरा उपत्यका नगर विकास समितिका तत्कालीन अध्यक्ष लामिछानेको संयोजकत्वमा गठित समितिले करिब ९ सय ५० जना व्यक्तिको लालपूर्जा खारेज गर्न सिफारिस गरेको थियो । १० वर्गकिलोमिटर रहेको फेवाताल ४.२० वर्गकिलोमिटरमा खुम्चिएको प्रतिवेदनमा उल्लेख छ ।

यो पनि पढ्नुहोस लोकतान्त्रिक विकास र सार्वजनिक उत्तरदायित्व

१ हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको प्रतिवेदनमा छ । सर्वोच्चले झण्डै ८ वर्ष लगाएर फैसला सुनाउँदा समितिको यो प्रतिवेदन कार्यान्वयन गर्न भनेको थियो ।

तर किन ढिलाइ भयो होला त ? विश्वप्रकाश सिधा भन्छन्, ‘सरकारको इच्छाशक्ति बलियो भएन ।’

तिनै तहको सरकारलाई सर्वोच्चको आदेश कार्यान्वयन गर्न निर्देशन दिएको भए पनि कार्यान्वयन हुन नसक्नु दुखद भएको लामिछानेले बताए । ‘केन्द्र सरकारले एक वर्षभित्र सीमा तोक्ने र प्रदेश तथा स्थानीय तहले त्यसलाई कार्यान्वयन गर्ने भनिएको छ । तर अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन,’ लामिछानेले भने, ‘ धेरै अध्ययन र रिपोर्टबाट देखाएको छ कि २२ हजार रोपनी क्षेत्रफलमा फैलिएको फेवाताल निरन्तर खुम्चिएको छ, अतिक्रमणमा परेको छ ।

जाइका लगायतको अध्ययनले १०० वर्षमै यहाँ फेवातल थियो भन्ने आवस्था आउन सक्ने देखाएको उनले सुनाए ।

फेवातलकै विषयमा थेसिस गरेका प्रा. डा. देवेन्द्रबहादुरले पनि तालको गहिराइ, आयातन निरन्तर खुम्चिँदै गएको बताए ।

अहिले तालको क्षेत्रफल दलदल भूभागलाई समेत हेर्दा ४.४३ वर्गकिलोमिटर र २३.२३ मिटर गहिराईमा रहेको लामिछानेले बताए । बर्सेनि तालमा मिसिन आइपुग्ने १ लाख ४८ हजार मेट्रिकटन गेग्रानको विकल्प खोज्नुपर्ने पहिलो आवश्यकता रहेको देवेन्द्रबहादुरको भनाइ छ । ‘यही अवस्थामा जाने हो भने २८७ वर्षमा सबै फेवाताल पुरिन्छ । ठूला पहिरो गए त्योभन्दा कम समयमा पुरिन्छ,’ उनले भने, ‘फिल्डमा गएर सिमांकन गर्न सकेनौं । जानीनजानी विभिन्न व्यक्ति र सरकारले फेवाताल अतिक्रमण गर्ने क्रम जारी रहृयो ।’

फेवातालको आयु कसरी लम्ब्याउन सकिन्छ र माथिबाट बगेर आउने गेग्रानबाट कसरी जोउन सकिन्छ भनेर वैज्ञानिक अध्ययनका आधारमा सरकारले काम अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

पूर्वाधार विज्ञ किशोर थापाले तालसम्म बगेर आइपुग्ने गेग्रान रोकथामका निम्ति विभिन्न ठाउँमा चेक ड्याम बनाउनुपर्ने बताए । पहिलेको फेवाताल र अहिलेको फेवातालमा धेरै विभिन्न रहेको बताउँदै स्थानीयको सक्रियतामा तिनै तहको सरकारले सर्वोच्चको आदेश पालना गर्नुपर्नेमा जोड दिए । ‘सर्वोच्चको आदेश पालना गर्दै जानुपर्छ । आदेशको कार्यान्वयन गर्न प्रदेश र स्थानीय तहले आँट गर्नुपर्छ,’ थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment