+
+
Shares

डुंगा पल्टिएर डुबेका ३ जनाको फेवातालबाट सकुशल उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते १७:२२

१६ कात्तिक, काठमाडौं । कास्कीको पोखरास्थित फेवातालमाबाट तीन जनाको सकुशल उद्धार गरिएको छ ।

पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवातालमा आइतबार डुंगा पल्टिँदा डुबेका ३ जनाको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

डुंगा अचानक पल्टिँदा डुंगामा सवार चालक सोही महानगरपालिका आमबोटघाट बस्ने ४० बर्षिय महेश सुनार, रुपन्देहीको बुटवल उपमहानगरपाालिका–३ का ४९ वर्षीय सोमबहादुर तामाङ र ४४ वर्षीय लालमान थारू फेवातालमा डुबेका थिए ।

घटनाबारे जानकारी पाउनासाथ नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उनीहरूको उद्धार गरेको थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?