Comments Add Comment

कलाकार दीपक क्षेत्रीको निधन

कलाकार दीपक क्षेत्रीको निधन भएको छ । उनको ५८ बर्षको उमेरमा निधन भएको हो । उनको घरमै सुतिरहेको अवस्थामा निधन भएको वुझिएको छ । उनको शवलाई महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

शुक्रबार बेलुकी एक चलचित्रको लागि डबिङ गरेपछि दीपक आफ्नै निवास डिल्लिबजारमा गएर सुतेका थिए । शनिबार बिहानसम्म पनि ढोका नखुलेपछि उनका छोराले प्रहरी बोलाएका थिए । प्रहरीले ढोका फोडेर हेर्दा उनको निधन भैसकेको थियो ।

दीपक क्षेत्री लामो समयदेखि घाटीको क्यान्सरबाट पीडित पनि थिए । उनको गतबर्ष मात्र स्वर नलीको शल्यक्रिया पनि गरिएको थियो । क्षेत्रीले अभिनय गरेको चलचित्र ‘छ माया छपक्कै’ असोज २४ गते रिलिज भएको थियो ।

क्षेत्रीकी श्रीमती विपना बस्नेत मलेसिया रहेका कारण उनको अन्तेष्टी आइतबार मात्र गरिनेछ । उनले अभिनय गरेका ‘मसान, राज्जारानी, जीवनदान, सिमाना’ लगायतका चलचित्र छन् । उनको आवाज र उनको अभिनयको तारिफ दर्शक र चलचित्रकर्मीले गर्ने गर्दथ्य ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment