Comments Add Comment

सिन्धुपाल्चोकमा बस दुर्घटना, १५ जनाको मृत्यु

Photo Credit : नेपाल प्रहरी
सिन्धुपाल्चोकमा आइतबार बिहान दुर्घटना भएको बस ।

२९ मंसिर, काठमाडौं । दोलखाको कालिन्चोक मन्दीर दर्शन गरेर फर्किएका यात्रुहरु सवार बस सिन्धुपाल्चोकको ६ किलो भन्ने स्थानमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १९ जना घाइते छन् ।

भक्तपुरको जगातीस्थित आदर्श टोलका ४० जना शनिबार दुई वटा गाडी रिजर्भ गरेर मन्दिर दर्शन गर्न गएका थिए । उनीहरु सवार बा ४ ख ४४६८ नम्बरको बस सुनकोसी गाउँपालिका-७ को ६ किला भन्ने स्थानमा बस दुर्घटना भएको हो ।

बस सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । सडकको अवस्था र यान्त्रिक गडबडीका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

बस भिरबाट तल र्झन थालेपछि चालक झ्यालबाट भागेका थिए । उनी अझै फरार छन् ।

मृतक मध्ये १३ जनाको सनाखत

दुर्घटनामा मृत्यु भएका मध्ये १३ जनाको सनाखत भएको छ । दुई जनाको भने पहिचान हुन बाँकी छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका ७ याङलाकोटका २८ वर्षका सुकबहादुर तामाङ, ७ वर्षकी सविना तामाङ, १५ वर्षकी रोशनी तामाङ, २८ वर्षकी मञ्जु तामाङ, ३० वर्षकी रेशमा तामाङ, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ४ कि ५५ वर्षकी गंगामाया लामा, बलेफी गाउँपालिका ७ कि ३५ वर्षकी फूलमाया तामाङ छन् ।

त्यस्तै  दोलखाको सैलुङ गाउँपालिका ६ का १० वर्षका रजित बस्नेत र ३२ वर्षकी चिनु बस्नेत,  भीमेश्वर नगरपालिका ९ की ४२ वर्षकी लक्ष्मी श्रेष्ठ, रामेछापको उमाकुण्ड गाउँपालिका ४ का २४ वर्षका महेश तामाङ, काभ्रेको बेथान गाउँपालिका ५ का ३६ वर्षका रामशरण खत्री, ३५ वर्षकी मैयाँ केसीको पनि मृत्यु भएको छ ।

यस्तै घाइतेमध्ये १४ जनाको काठमाडौंको हृयाम्स अस्पताल, २ जनाको काठमाडौं मेडिकल कलेज, ३ जनाको धुलिखेल अस्पताल र एक जनाको सिन्धुपाल्चोक खाडीचौरको सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment