Comments Add Comment

घतलाग्दो कुरा : मानिसले झुट किन बोल्छ ?

विश्वव्यापी रुपमा फैलिएको ‘झुट’ शब्द मानिसहरुको सृष्टिप्रक्रियादेखि नै चल्दै आएको कुरा हो । परापूर्व कालमा झुटलाई नियन्त्रण गर्न असम्भव भएर नै विभिन्न किसिमका धार्मिक मान्यताहरु खडा गरेर पाप र धर्मको अवधारणालाई बाहिर ल्याइयो । झुटलाई पापको रुपमा परिभाषित गरियो । त्यसैले कसैले झुट बोलेको आशंका भयो भने उसलाई धर्म भाक्न लगाउने प्रथा अझैसम्म पनि कता कतै चलिरहेको पाइन्छ ।

मानिसहरुले झुट विभिन्न किसिमले बोल्ने गर्छन् । कसैले ख्यालठट्टाको लागि पनि झुट बोल्ने गरेका हुन्छन् । यस्तो प्रचलन विशेषगरी साथीभाइहरुमा धेरै चल्ने गर्छ । कसैले आफूले गरेको नराम्रो कामको असरबाट बच्नको लागि पनि झुट बोल्ने गर्छन् । जे जस्तो भएपनि झुट बोल्ने कारणहरु भिन्नभिन्न हुन्छन् । रामायणमा श्रीरामले सीतामाथि अग्नि परीक्षा गरेको कथा सुन्न सकिन्छ । यसमा पनि झुटको नै आशंका भेट्न सकिन्छ ।

महाभारतको युद्ध सकिएपछि सत्यवादी राजा युधिष्ठिरलाई लिनको लागि यमका सेनाहरु आए । उनी त मत्र्य लोकमा कहिलैपनि झुट नबोलेको भनेर चर्चित थिए । त्यस्तो अवस्थामा उनी कुनैपनि पाप कर्म नभएकोले स्वर्ग जानु पर्ने हो । तर, मृत्युवरण गरेपछि उनलाई सिधै नर्कमा पुर्‍याईयो । त्यो कारण थियो उनले बोलेको एउटा झुट । जुन अस्वत्थामा नामक हात्ती मारिएकोमा उनले भन्दा शंख ध्वनिका कारण अस्वत्थामा मरेको मात्रै सुनिएको भन्ने कथा महाभारतमा पाइन्छ । त्यसैले यो सिजरले भनेजस्तै विश्वमा युधिष्ठिर जस्ता सत्यवादी राजाले त झुट बनेको थिए भने को होला झुट नबोल्ने मान्छे ।

एक चर्चित मनोवैज्ञानिक एवं प्राध्यापक पल सिजरले केही समय अघि लेखेको एक पुस्तक ‘के म तिमीसँग झुटो बोल्न सक्छु ?’ मा मानिसहरुले किन झुट बोल्छन् ? भन्ने बारेमा स्पष्टसँग उल्लेख गरेका छन् । सो पुस्तकमा उनले झुट बोल्नुको कारणहरु समेत उल्लेख गर्दै जो कोही मानिसले पनि अवश्य झुट बोलिरहेकै हुने दाबी समेत गरेका छन् ।

उनले मानिस झुट किन बोल्छ ? भन्ने विषयमा पनि  विविध कारणहरु देखाएका छन् । उनका अनुसार व्यक्तिगत चाहाना वा स्वार्थको लागि धेरै मानिसहरु झुटो बोल्ने गर्छन् । त्यस्तै, गल्तीहरुको सजायबाट बच्नको लागि पनि मानिसहरु झुटो बोल्ने गर्छन् । यसका बाहेक माहोललाई सजिलो बनाउनको लागि होस् या त आत्माविश्वास बढी भएपछि पनिमानिसले झुटो बोल्ने गर्छ । त्यसैले उनीहरु भन्छन् आफ्ना लागि नै धेरै मानिसहरुले झुटो बोल्ने गरेका छन् ।

सिजरको अध्ययन अनुसार झण्डै २५ प्रतिशत केटाहरु झुट बोलेकोप्रति हीनताबोध महसुस गर्दैनन् भने २२ प्रतिशत महिलाहरु यस्तो स्वभावका हुन्छन् । उनीहरु विशेषगरी आफूहरुले गरेको कामलाई लुकाउनको लागि नै बढी झुट बोल्ने गरेका हुन्छन् ।

त्यस्तै, मनोविश्लेषक वासु आचार्य पनि मानिसहरुको झुट बोल्नुको कारण आ-आफ्नै किसिमको हुने बताउँछन् । धेरै मानिसहरु पछि पर्ने आपतलाई समाधान गर्न सक्छु भन्ने आत्मविश्वासका कारण पनि झुट बोल्ने गरेको बताउँछन् । यस्ता झुटहरुले उनीहरुको तत्कालीन फाइदा त होला । तर, यसले दीर्घकालीन रुपमा भने ठूलो असर पार्ने आचार्य बताउँछन् ।

झुट बोल्नु मानसिक समस्या होइन । तर, मानसिक समस्या भएकाहरुले धेरै झुट बोल्न सक्ने सम्भावना भने धेरै हुन्छन । कतिपय अवस्थामा मानिसहरुले आफूले झुट नबोलेको भन्ने हुँदाहुँदै पनि झुट बोल्न पुग्छन् । यो धेरै झुट बोल्दा बोल्दैको परिणती पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment