Comments Add Comment

प्रदेश ५ को राजधानी र नामाकरण : १६ महिनामा प्रतिवेदन तयार

२९ मंसिर, बुटवल । तीन महिनाभित्र प्रदेश ५ को स्थायी राजधानी र नाम सिफारिससहितको प्रतिवेदन पेश गर्नेगरी गठन भएको विशेष समितिले करिब डेढ वर्षमा प्रतिवेदन तयार गरेको छ । पछिल्लोपटक थप गरिएको ६ महिनाको समय अवधि सकिनु एक दिन अघि समितिले प्रतिवेदन तयार गरेको हो ।

प्रदेशका बाह्रवटै जिल्लामा पुगेर लिइएका राय सुझाव, विज्ञहरु सम्मिलित समितिले दिएको सुझाव र हालै भएको भारतको चण्डिगढको अध्ययनलाई समेटेर प्रतिवेदन तयार गरिएको हो । प्रदेश सभाका १२ सांसदहरू र कर्मचारीको टोली मंसिर २१ गतेदेखि राजधानीका विषयमा अध्ययन गर्न एक साता लामो चण्डिगढ भ्रमण गएका थिए । भ्रमणबाट फर्केपछि प्रतिवेदन तयार गरिएको हो । उक्त प्रतिवेदनलाई विशेष समितिको म्याद सकिने अन्तिम दिन भोलि (मंसिर ३० गते) सभामुख पूर्णबहादुर घर्तीलाई बुझाइने विशेष समितिका संयोजक दिपेन्द्र पुनले जानकारी दिए ।

प्रदेश ५ को नाम र स्थायी राजधानी तोक्ने प्रयोजनका लागि संसदबाट २०७५ साउनमा विशेष समिति गठन भएको थियो । विशेष समितिमा १५ सांसदहरु सदस्य छन् । पछिल्लो पटक ६ महिना म्याद थप गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment