Comments Add Comment

बेन्जामाको गोलले रियल मड्रिडको हार टर्‍यो

३० मंसिर, काठमाडौं । स्पानिस ला लिगामा रियल मड्रिडले भ्यालेन्सियासंग १–१ को बराबरी खेलेको छ । अंक बाँडेसँगै रियलले बार्सिलोनालाई पछि पार्दै शीर्ष स्थानमा उक्लने मौका गुमायो ।

करिम बेन्जामाले इन्जुरी टाइममा गोल फर्काएपछि रियलले हार टारेको थियो । उनले थप गरिएको ४ मिनेटको अन्त्यतिर गोल गरेका हुन् । त्यसअघि ७८औं मिनेटमा कार्लोस् सोलेरले गोल गर्दै घरेलु मैदानमा भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । तर अन्तिम समयमा गोल खाएपछि भ्यालेन्सियाले ३ अंक जोड्न सकेन ।

बराबरीपछि रियलले बार्सिलोना समान ३६ अंक जोडेको छ । दुवै टिमले समान १६ खेल खेलेका छन् । तर गोलअन्तरमा बार्सिलोना अगाडि रहँदे शीर्ष स्थानमा छ । अब डिसेम्बर १९ मा यस सिजनको पहिलो एलकलासिकोमा रियल र बार्सिलोना भिड्दैछन् । खेल बार्सिलोनाको घरेलु मैदान नोउक्याम्पमा हुनेछ ।

भ्यालेन्सिया भने १७ खेबाट २७ अंक जोड्दै आठौं स्थानमा छ । उता तेस्रो स्थानको सेभियालभिल्लारियलसंग २–१ ले पराजित भएपछि बार्सिलोना र रियलसँग अंकदूरी कम पार्ने अवसर गुमाएको छ ।

हारपछि सेभियाको १७ खेलबाट ३१ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment