Comments Add Comment

इन्जुरी टाइमको गोलमा टोटनहमको जित, म्यानचेष्टर युनाइटेड बराबरीमा रोकियो

३० मंसिर, काठमाडौं । लण्डन क्लब टोटनह्यामले वल्भ्सविरुद्ध जित हात पार्दा म्यानचेष्टर युनाइटेड भने एभरटनसँग बराबरीमा रोकिएको छ ।

जन भर्टोङ्गनले इन्जुरी टाइममा गोल गरेपछि टोटनह्यामले आइतबार वल्भ्सलाई २–१ ले पराजित गरेको हो । ८ मिनेटमै लुकास माउराले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ गोलले पछि परे पनि दोस्रो हाफमा वल्भसले गोल फर्कायो । ६७ औं मिनेटमा एडामा ट्राओरले बराबरी गोल फर्काए । तर इन्जुरी टाइमको पहिलो मिनेटमा भर्टोङगनले गोल गर्दै टोटनह्यामलाई ३ अंक दिलाए । जितपछि १७ खेलबाट २६ अंक जोड्दै टोटनह्याम अंक तालिकामा पाँचौ स्थानमा उक्लेको छ । हारपछि समान खेलबाट २४ अंक रहेको वल्भ्स आठौं स्थानमा झरेको छ ।

यस्तै अर्को खेलमा म्यानचेष्टर युनाइटेडले एभरटनसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भिक्टोर लिन्डलोफले आत्मघाती गोल गरेपछि एभरटनले ३६औं मिनेटमा अग्रता बनाएको थियो । तर दोस्रो हाफमा युनाइटेडले बराबरी गोल फर्कायो। मासोन ग्रिनउडले ७७औं मिनेटमा ड्यानिएल जेम्सको पामा गोल गर्दै खेल बराबरी गरे ।

बराबरीपछि १७ खेलबाट २५ अंक जोडेको युनाइटेड छैटौं स्थानमा छ । एभरटन समान खेलबाट १८ अंक जोड्दै १६औ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment