Comments Add Comment

अबिद अलीले बनाए डेब्यूमा शतकको रेकर्ड

काठमाडौं । पाकिस्तानी ब्याट्सम्यान अबिद अलीले टेष्टमा र एकदिवसीय डेब्यूमा शतकको रेकर्ड बनाएका छन् ।

२००९ को आक्रमणपछि पहिलो पटक घरेलु मैदानमा टेष्ट खेलिरहेको पाकिस्तानले श्रीलंकासँग बराबरी खेल्दा अविद १०९ रनमा अविजित रहे ।

श्रीलंकाले पहिलो पारीमा बनाएको ३०८-६ को जवाफमा पाकिस्तानले २५२-२ मा खेल टुंग्यायो । उसका लागि बाबर आजमले पनि अविजित १०२ रन बनाए ।

रावल पिण्डीमा भएको खेलको सुरुवाती चार दिन भने खराब मौसमका कारण प्रभावित भएको थियो ।

अबिदले मार्चमा अष्ट्रेलियाविरुद्ध दुबईमा भएको एकदिवसीयमा डेब्यू गर्दा पनि शतक बनाएका थिए । उनले ११२ रन बनाएका थिए ।

आइतबार टेष्टमा शतक बनाएका उनी टेष्ट डेब्यूमा १०० रन बनाउने ११ औं पाकिस्तानी ब्याट्सम्यान हुन् ।

ओडीआई डेब्यूमै शतक बनाउने उनी १५ औं ब्याट्सम्यान हुन्, तर उनीबाहेक अरुले टेष्ट डेब्यूमा शतक बनाएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment