Comments Add Comment

बम पड्केको घरमा मुख्यमन्त्री पुग्दा रुवाबासी

२९ मंसिर, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा जो कोही पुग्दा पनि रुवाबासी सुरु हुन्छ । रुवाइसँगै एउटै वाक्य निस्किन्छ ‘रे बैमनमा सभ, के एना केलही, हमर सारा संसार उडादेलही…’ अर्थात् को यस्तो बेइमान हौ, जसले हाम्रो सारा संसार उडाइदियौ ।’

यो शोकको अवस्था हो, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका राजेश साहको घरको । बम विस्फोटनमा परी एकै परिवारका दुईजनाको ज्यान जानुका साथै तीन जना गम्भीर घाइते भएपछि अहिले साहको घरमा जाने जोकोही नरोई फर्कन सक्दैनन् ।

यो पनि पढ्नुहोस प्रहरीले छोएलगत्तै पड्कियो बम, तीन जनाको मृत्यु

शुक्रबार मध्य रातमा भएको बिष्फोटमा परी ४५ वर्षीय राजेश साह, उनका १५ बर्षीय छोरा आनन्द र इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इञ्चार्ज प्रहरी निरीक्षक अमीर दाहालको ज्यान गयो ।

बिष्फोटनमा परी मृतक राजेशका कान्छा छोरा १४ वर्षीय प्रकाश, १९ वर्षीया छोरी अञ्जली, ७० वर्षीय पिता भिखारी साह र प्रहरी जवान रिझनाथ महतो गम्भीर घाइते छन् ।

यो पनि पढ्नुहोस राजेशको घरमा विप्लव समूहले राखेको थियो बम !

आइतबार मृतक राजेशको घरमा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको टोली पुग्दा महिलाहरु शोकमग्न अवस्थामा थिए । मुख्यमन्त्रीलाई हेर्नेवित्तिकै उनीहरु अझ भक्कानिए । उनीहरुको अवस्था देखेर मुख्यमन्त्री राउत विक्षिप्त बने । साहका घरका व्यक्तिहरुको अवस्था देखेपछि मुख्यमन्त्रीहरु त्यहाँ केही बोल्नै सकेनन् ।

यो पनि पढ्नुहोस बम राखेको आशंकामा दुई जना पक्राउ

साथमा रहेका सभामुख सरोजकुमार यादव, मुख्य न्यायाधिबक्ता दीपेन्द्र झासहितका पनि आँखा रसाए ।

उपचार खर्च व्यहोर्ने प्रतिवद्वता

बम बिष्फोटमा परी ज्यान गुमाउने र घाइते भएका परिवारलाई भेट्न गएका मुख्यमन्त्री राउतले घाइतेहरुको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने प्रतिवद्वता जनाए ।

क्षतिपूर्तीको सम्बन्धमा मन्त्रिपरिषदको बैठक बसेर निर्णय गरिने उनले बताए । ‘घाइतेहरुको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्छ’ उनले भने, ‘परिवारलाई क्षतिपूर्ती पनि उपलब्ध गराउँछौं ।’

प्रदेशको राजधानी नजिकै यत्रो ठूलो घटना भए पनि मुख्यमन्त्री राउत शनिबार महोत्तरीमा पोखरी सौन्दर्यीकरणको शिलान्यास गर्न गएको भन्दै उनको सामाजिक सञ्जालमा आलोचना भएको थियो । महोत्तरीबाट राति जनकपुरधाम आएका उनी आइतबार बिहानै मृतक परिवारको घरमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment