Comments Add Comment

आर्सनलको पोष्टमा म्यानचेष्टर सिटीको ३ गोल

३० मंसिर, काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटीले प्रिमियर लिगमा आर्सनललाई ३–० ले पराजित गरेको छ । आइतबार रातिको खेलमा केभिन डे ब्रुएनाको उत्कृष्ट प्रदर्शनमा सिटीले सहज जित हात पेको हो । ब्रुएनाले २ गोल गर्नुका साथै एक गोलका लागि सहयोग गरे ।

सिटीले तीनै गोल पहिलो हाफमा गरेको हो ।

खेलको दोस्रो मिनेटमै गाब्रिएल जेससको पासमा केभिन डे ब्रुएनाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

१५ औं मिनेटमा ब्रुएनाकै पासमा रहिम सटर्लिङले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ब्रुएनाले ४० औं मिनटमा फिल फोडेनको पासमा गोल गर्दै पहिलो हाफमै अग्रता तेब्बर पारे ।

दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन सकेन र सिटी विजयी भयो । जितपछि १७ खेलबाट ३५ अंक जोडेको सिटी तेस्रो स्थानमै यथावत छ । सिटीले दोस्रो स्थानको लेस्टरसंग अंकदूरी ४ मा झारेको छ भने शीर्ष स्थानको लिभरपुलभन्दा अझै १४ अंकले पछि छ । यस सिजन अपराजित रहेको लिभरपुल ४९ अंकसहित शीर्ष स्थानमा आसिन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment