Comments Add Comment

जाडोमा स्वस्थ रहने काइदा

जाडोको मौसम मोजमस्तीका लागि मात्र राम्रो हुने होइन । स्वास्थ्यको दृष्टिले पनि राम्रै मानिन्छ । केही व्यक्तिहरु त जाडोमा व्यायाम गर्नै रोकिदिन्छन् । यद्यपि, जाडो मौसममा व्यायामका लागि थोरै ध्यान दिनाले तपाईं स्वास्थ्य सम्बन्धी साधारण समस्याबाट सहजै बच्न सक्नुहुनेछ । तर, यदि तपाईंलाई मुुटु सम्बन्धी समस्या छ भने जाडोमा तपाईंलाई अतिरिक्त सुरक्षाको आवश्यकता पर्दछ । यस्तो बेला यदि तपाईं राम्रो स्वास्थ्य चाहनुहुन्छ भने तपाईंका लागि यो मौसम सबैभन्दा उत्कृष्ट हुनेछ । जाडोमा स्वस्थ रहनका लागि यी उपायहरु उपनाउनु राम्रो हुन्छ ।

अत्यधिक पानी पिउनुपर्छ

लामो यात्रामा निस्कनुभन्दा अघि प्रशस्त पानी पिउनुपर्छ । यसले मौसम जति नै चिसो भयो भने पनि शरीर भित्रको वायु श्वासनलीसम्म पुग्दा तातो नै रहने गर्छ । तातो स्वासमा अत्यधिक ओस बनाउने क्षमता हुन्छ । शारीरिक गतिविधिहरुका साथमा स्वास फुलेको बेला शरीरबाट अत्यधिक मात्रामा तातो वाफ निस्कन्छ । जसले श्वास नलीलाई सुख्खा बनाउँछ । ड्राइ एयर प्यासेजबाट स्वास लिँदा र व्यायाम गर्दा समस्या पैदा हुनसक्छ । ड्राइ एयर प्यासेजको समस्याबाट बच्नका लागि पनि यात्रामा निस्कनुअघि पानी पिउनु निकै राम्रो उपाय मानिन्छ ।

तातो पेय पदार्थबाट बचौं

जाडोमा तातो पेय पदार्थ अथवा अल्कोहल लिएपछि बाहिर जानुहुँदैन । त्यसले हाम्रँे रक्त बाहिनीहरुलाई शिथिल बनाइदिन्छ । जसका कारण छालाबाट तातो वाफ निस्कन थाल्छ ।

शरीरलाई आराम दिनुपर्छ

सामान्य स्थितिमाभन्दा व्यायाम गरेपछि शरीरबाट दश गुणा बढी तातो वाफ निस्कन्छ । मेहनत गर्दा वातावरणमा तातोपना फैलिन्छ । जसका कारण रक्त बाहिनीहरुको आकार फैलिन्छ र मुटुमा दबाब पर्छ । त्यसैले जाडो मौसममा अत्यधिक व्यायाम गर्नबाट बच्नुपर्छ ।

जाडोमा वाटर चिसो पानीबाट बच्नुपर्छ

जाडो मौसममा चिसो पानी भएको स्विमिङमा पौडी खेल्नबाट बच्नुपर्छ । चिसो पानीमा पौडिँदा एक प्रकारको व्यायाम हुने भएकाले शरीर त तात्छ । तर, त्यो स्वास्थका लागि फाइदाजनक भने हुँदैन ।

चिसो हावाबाट बचौं

जाडो मौसममा चिसो हावामा टहल्नाले एन्जिना हुने खतरा बढ्छ । यदि तपाईं तीब्र गतिको हावामा टहलिरहनु भएको छ भने बिस्तारै हिँड्नुपर्छ, बिस्तारै हिँड्दा पनि तपाईंको शरीरले त्यत्ति नै फाइदा पाउँछ । हिँडिसकेपछि केही बेर रोकिएर मात्र घर भित्र छिर्नुपर्छ । जसका कारण तपाईंको शरीरबाट पसिना आओस् ।

सावधानी पनि अपनाउनुपर्छ

-व्यायामका लागि जानुभन्दा अघि एक कप तातो चिया अथवा दुध पिउनुपर्छ ।

-व्यायामका लागि त्यस्तो पहिरन छनोट गर्नुपर्छ । जो खुकुलो हुनुका साथै त्यसले बाहिरको चिसो हावालाई समेत रोकोस् ।

-व्यायाम गरेपछि कम्तिमा तीन मिनेटपछि मात्र नुहाउनुपर्छ ।

-व्यायाम गर्ने बित्तिकै कपडा फेर्नुहुँदैन । न त खुला स्थानमा जानुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment