Comments Add Comment

सिद्धार्थ बैंकद्वारा अपांग बाल अस्पताललाई आर्थिक सहयोग

३० मंसिर, काठमाडौं । सिद्धार्थ बैंकले आइतबार प्रदेश नं ३, काभ्रे जिल्लाको बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र -एचआरडीसी)लाई दश लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

सो सहयोग रकम बैंकका अध्यक्ष मनोज कुमार केडियाले उक्त संस्थाका कार्यकारी/चिकित्सा निर्देशक डा. विवेक बाँसकोटालाई एक समारोहकाबीच प्रदान गरे ।

अपाङ्गबाल अस्पताल तथा पुनस्र्थापन केन्द्र्रलाई बारा र पर्साका शारीरिक अशक्तता भएका बालबालिकाको आवश्यक शल्यक्रिया, फिजियोथेरापी तथा सहायक सामाग्री प्रदान गर्ने कार्यका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त सहयोग रकम प्रदान गरेको हो ।

कार्यक्रमबाट बारा र पर्सा जिल्लाका २०० अपाङ्ग बालबालिकाको उपचारमा प्रत्यक्ष सहयोग पुग्नेे बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment