+
+
Shares

गोरखामा ७० वर्षीया वृद्धाको शंकास्पद मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ३० गते १७:२५

३० मंसिर, गोरखा । अजिरकोट गाउँपालिका–४ पोखरीडाँडाकी ७० वर्षीया दुरा माया नेपालीको शंकास्पद मृत्यु भएको छ ।

सोही गाउँपालिकाको वडा नम्वर ५ कुसुण्डे स्थित छोरीको घर गएकी उनी सोमबार बिहान मृत भेटिएकी हुन् । ‘पीडितका आफन्तको अनुसार छिमेकी पर्ने सुनिल नेपाली बिहानै जाँड खाएर दुरामायाको छोरीज्वाइँसँग झगडा गरेछ,’ पीडित परिवारको भनाइ उदृत गर्दै डीएसपी मित्रवन्धु शर्माले भने, ‘त्यही क्रममा सुनिलले छोरीज्वाइँलाई ताकेर बासको लौरीले हिर्काएछ तर दुरामायालाई लागेर ढलिछिन् ।’ मृतक नेपालीको शरीरमा गम्भिर चोट भने नदेखिएको उनले बताए ।

२२ वर्षीय सुनिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको डिएसपी शर्माले जानकारी दिए । मृतक नेपालीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गोरखा ल्याइएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?