+
+
Shares

बलात्कार आरोपी सिद्धबाबाको हातमा त्रिदण्ड !

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ३० गते १७:३०

३० मंसिर, विराटनगर । आफ्नै अनुयायी माथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा कृष्णदास भनिने कृष्णबहादुर गिरी अहिले न्यायिक हिरासतमा छन् ।

स्वास्थ्य समस्याको कारण देखाउँदै उनी प्रहरी हिरासतमा नबसी विराटनगरको विराट नर्सिङहोमको क्याबिन नम्बर ९ मा बसेका छन् ।

पक्राउपछिको १४ दिन अस्पतालमा गुजारेका गिरीलाई प्रहरीले अस्पतालबाट अदालत लैजाँदा उनी सुन्तले रङको (गाढा पहेलो) बस्त्रमा देखिन्छन् । ह्वील चेयरमा उनका सहयोगीले डोर्‍याउँदा गम्भीर विरामी जस्ता देखिने गिरीको हातमा सुत्तले रङको कपडाले बेरिएको ‘दण्ड’ हुन्छ ।

गिरीले बोक्ने सुन्तले रङको दण्डलाई हिन्दु संस्कार अनुसार ‘त्रिदण्ड’ भनिन्छ । हिन्दु सभ्यतामा त्रिदण्डको महत्व र गरिमा उच्च छ । ‘त्रिदण्ड धारण गरेपछि पैसा, स्त्री र आगोबाट परै बस्नुपर्छ ।’ विराटनगरका एक धार्मिक अगुवाले भने ‘त्रिदण्ड धारण गरेका सन्यासीले स्त्रीलाई छोइहाले तीन दिन ब्रत बस्नुपर्छ ।’

सामान्यतया लामो समयको कठोर साधनापछि त्रिदण्ड प्राप्त हुन्छ । ५०–६० वर्षको साधनापछि गुरुले चेलालाई आफ्नो उत्तराधिकारीको रुपमा त्रिदण्ड धारण गराउने परम्परा छ । कृष्णबहादुर गिरीलाई केही महिनाअघि मात्र भारत अयोध्याका रामभद्रचार्य स्वामीले त्रिदण्ड उपाधि धारण गराएका हुन् । रामभद्रचार्य भारतका चर्चित स्वामी हुन् ।

कृष्णदासका मुख्य गुरु भने रामनित्य गोपालदास हुन् । गोपालदास अयोध्याको चर्चित राम मन्दिरमा बस्छन् । गिरीले भने आफ्ना पुराना गुरुबाट नभई रामभद्रचार्यको हातबाट त्रिदण्ड धारण गरेका हुन् ।

धार्मिक अगुवाहरुका अनुसार जगतगुरुको उपाधि पाएका गिरीले त्रिदण्ड उपाधि पाउने गरी साधना गरेका छैनन् । ‘शास्त्र अनुसार विधि पूरा गर्ने परिपक्क व्यक्तिले त्रिदण्ड पाउने हो’ नाम उल्लेख नगर्ने सर्तमा विराटनगरका एक पण्डितले भने ‘व्यक्ति गलत हुँदा आस्थामाथि प्रहार भयो ।’

ती पण्डितका अनुसार त्रिदण्ड धारण गरेपछि स्त्रीको प्रतिमा (मूर्ति र फोटो) बाट पनि अलग रहनुपर्छ । सन्यासी भएपछि माया बस्छ भन्ने डरले स्त्रीको प्रतिमालाई पनि छुन नहुने नियम रहेको उनले सुनाए ।

धार्मिक शास्त्र मनुस्मृतिमा वाक, मन र शरीरलाई जसले सयंम अपनाउँछ त्यसैलाई त्रिदण्डी मानिने उल्लेख गरिएको डाक्टर भोला भट्टराई बताउँछन् । संस्कृतमा विद्यावारिधि गरेका भट्टराईका अनुसार गीतामा पनि त्रिदण्डको चर्चा गरिएको छ । त्रिदण्ड धारण गरेका व्यक्तिको उच्च सम्मान रहने उनले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?