Comments Add Comment

डीएससी पुरस्कार अमिताभ बाग्चीको उपन्यास ‘हाफ द नाइट इज गन’ लाई

३० मंसिर, पोखरा । डिएससी दक्षिण एशियाली साहित्य पुरस्कार अमिताभ बाग्चीको उपन्यास ‘हाफ द नाइट इज गन’ले प्राप्त गरेको छ । नेपाल साहित्य महोत्सवको आठौं संस्करणमा अमिताभलाई पुरस्कार हस्तान्तरण गर्दै सोमबारदेखि महोत्सव सकिएको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बाग्चीलाई २५ हजार डलरको यो पुरस्कार प्रदान गरे ।

६ वटा पुस्तक ‘सर्ट लिस्ट’ यो पुरस्कारको अन्तिम सूचीमा थिए । ‘हाफ द नाइट इज गन’ सँगै मनोरञ्जन व्यापारी लिखित देयर इज गनपाउडर इन द एअर, माधुरी विजयको द फार फिल्ड, राजकमल झा लिखित द सिटी एण्ड द सी, पाकिस्तानी मूलका अमेरिकी लेखकद्वय सादिया अब्बास र जामिल जान कोचाईको क्रमशः द इम्प्टी रुम र नाइन्टीनाइन नाइट्स इन लोगार पुरस्कारको प्रतिस्पर्धामा थिए ।

सूचीमा परेका पुस्तकका लेखक माधुरी विजय, सादिया अब्बास बाहेक सबै लेखक र निर्णायक विख्यात लेखक, साहित्यकार हरिश त्रिवेदी (भारत), जेरेमी ट्यम्बिङ (बेलायत), कारमेन विक्रमागामागे (श्रीलंका), रिफत मुनिम (बाङ्लादेश) र कुन्द दीक्षित (नेपाल) पुरस्कार समारोहमा उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment