Comments Add Comment

जित्न नदिने भाग्य, हार्न नजान्ने शिल्पा

नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाको डिभोर्सको मुद्दा अदालतमा चलिरहेको छ । अर्कोतिर, उनीहरुलाई बहुबिबाहको मुद्दा समेत चलेको छ । कुनै पनि मुद्दाको छिनोफानो भैसकेको छैन ।

यसैले, पनि अहिले शिल्पा र छविविच जित र हारको लडाई चलिरहेको छ भन्दा हुन्छ । यसले, शिल्पाको करिअरमा नै संकट उत्पन्न त गरिदिएको छ । अर्कोतिर, शिल्पा र छविको मुद्दाको किनारा नलागेसम्म दुबैलाई आनन्द पनि प्राप्त हुँदैन ।

सायद, शिल्पा जित र हारको विचमा छिन् यतिबेला । उनको एउटा भनाइले पनि यो कुरा वुझ्न सकिन्छ । शिल्पा लेख्छिन्–‘गज्जबको प्रतिस्पर्धा चल्दैछ भाग्य र म बिच । उ जित्न दिदैन, म हार्न जान्दिनँ ।’
शिल्पाले भाग्यले आफूलाई जित्न नदिएको तर आफूले हार्न नजानेको भनेर सायद, आफ्नो वर्तमान अवस्थालाई चित्रण गर्न खोजेको हुनुपर्छ ।

शिल्पाले एक भोजपुरी चलचित्रमा हालसालै काम गरेकी छिन् । नेपाली चलचित्रमा उनको उपस्थिती भने अहिले पहिलेको जस्तो बलियो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment