Comments Add Comment

मन्त्रिपरिषद् पुनर्गठन गर्दा आत्मसम्मानमा चोट पुर्‍याइयो : गोकर्ण विष्ट

२ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता गोकर्ण विष्टले मन्त्रिपरिषद् पुनर्गठन गर्दा आफ्नो आत्मसम्मानमा चोट पुग्ने व्यवहार भएको गुनासो गरेका छन् ।

बुधबार पार्टी स्थायी कमिटी बैठकमा बोल्दै पूर्व श्रम तथा रोजगारमन्त्रीसमेत रहेका विष्टले मागेको भए आफूहरु राजीनामा दिन तयार नै रहेको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ४ मंसिरमा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । त्यसक्रममा विष्टसहित ६ मन्त्री र तीन राज्यमन्त्रीलाई पदबाट हटाइएको थियो भने त्यति नै संख्यामा नयाँँ मन्त्री र राज्यमन्त्री नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment