+
+
Shares

अनाथ र फरक क्षमता भएका बालवालिकाहरुलाई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २ गते १७:५५

२ पुस, काठमाडौं । हिमालयन बैंक लिमिटेडले बैंकको कावासोती शाखामार्फत आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कावासोती नगरपालिका, वडा नं ८ स्थित ँमौलाकालिका अपांग सेवा संस्थाू मा आश्रति अनाथ एवं फरक क्षमता भएका वालवालिकाहरुलाई सहयोग प्रदान गरेको छ ।

बैंकले उक्त अपांग सेवा संस्थाका २१ जना बालबालिकाहरुलाई आवश्यक ग्यास चुलो, खानेपानी फिल्टर, राईस कुकर तथा खाद्यान्नहरु चामल, दाल, खाने तेल, नुन, चिनी, चिउरा, विस्कुट तथा साबुन लगायत प्रदान गरेको छ । देशका विभिन्न स्थानका अनाथ एवं शारिरीक रुपमा अशक्त बालबालिकाहरुलाई उक्त अपांग सेवा संस्थाले आश्रय दिइरहेको छ ।

बैंकका तर्फवाट बैंकका कावासोती शाखा प्रबन्धक आत्माराम गौतमले उक्त सहयोग सामग्रीहरु हस्तान्तरण गरे । बैंकका अन्य कर्मचारीहरुको पनि सो कार्यक्रममा उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?