Comments Add Comment

बाँदर लखेट्दा भीरबाट लडेर युवकको मृत्‍यु

२ पुस, गोरखा । गोरखाको धार्चे गाउँपालिकामा भीरबाट लडेर एक युवकको मृत्यु  भएको छ ।

धार्चे गाउँपालिका ७ भीरकुनाका २५ वर्षका बहादुर गुरुङको बाँदर लखेट्न जाँदा भीरबाट लडेर मृत्यु भएको हो । स्थानीय  उज्वल गुरुङका अनुसार करेसाबारीमा आएको बाँदर लखेट्न जाँदा उनी चिप्लेर भीरबाट खसेका थिए  ।

उनको घटनास्थलमा नै  मृत्यु  भएको हो । सदरमुकामदेखि एक दिन टाढाको उक्त गाउँमा घटनाबारे जानकारी पाएपछि प्रहरी पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment