Comments Add Comment

१३ रूपैयाँमा एनसेलको ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’

२ पुस, काठमाडौं । एनसेलका प्रिपेड ग्राहकहरुले अब एनसेल नेटवर्क भित्रका  आफ्ना साथीभाई तथा आफन्तजनसँग रातीको समयमा अझै सुलभ दरमा असिमित कुराकानीको फाइदा लिन सक्ने भएका छन् ।

एनसेल प्राईभेट लिमिटेडले ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’ ल्याएको छ जसअन्तर्गत एनसेलका ग्राकहले एनसेल नेटवर्क भित्र रहेका आफ्ना साथीभाई तथा आफन्तजनहरुसँग बेलुका १० बजे देखि विहान ६ बजे सम्म मात्र रु १० (रु १२.७७ कर सहित) माअसिमित कुराकानी गर्न सक्नेछन् ।

यो अनलिमिटेड नाइट भ्वाइस प्याक बिहीबार (पुष ३) देखि संचालनमा रहने छ । यो प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकले एष्ट्रिक्स१७११८एष्ट्रिक्स३हृयास डायल गरि प्याक सुचारु गर्न सक्छन् ।

त्यस्तै एसएमएस मार्फत यो प्याक सुचारु गर्न ग्राहकले अंग्रेजीको ठूलो अक्षर ‘एनयु’ टाइप गरी १७११८ माएसएमएस पठाउन सक्नेछन् । प्याक सुचारु गरेपछि २४ घण्टाको लागि मान्य हुनेछ ।

यो प्याकले ग्राकहलाई थप सुविधा प्रदान गर्ने र आˆना साथीभाई तथा आफन्तजनहरुसँग सुलभ दरमा सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । यो अफर चत्रै ४ गतेसम्म संचालनमा रहने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment