Comments Add Comment

निर्माण सामग्री नदीले मात्र पुर्‍याउन सक्दैन, पहाडै फोर्नुपर्छ : अर्थमन्त्री

३ पुस, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले ठूला आयोजना कार्यान्वयनमा ठूलो समस्याको रुपमा रहेको नदिजन्य सामग्रीको अभाव पूरा गर्न अब पहाड नै फोर्नुपर्ने बताएका छन् । वातावरणमा असर नपर्ने गरी अब पहाड उत्खननबाटै यस्ता सामग्रीको आपूर्ति गर्नुपर्ने उनले बताए ।

बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा विकास निर्माणका काम गर्ने मन्त्रालयहरुले आयोजना कार्यान्वयनमा नदीजन्य सामग्री ठूलो समस्या रहेको बताएका थिए । जबाफमा मन्त्री खतिवडाले अब नदीले मात्र निर्माण सामग्रीको आपूर्ति पूरा गर्न नसक्ने बताए । ‘हामीले एकै पटक यति धेरै निर्माणका काम गर्दैछौं कि, त्यसको आपूर्ति गर्न अब पहाडै फोर्नुपर्छ’ उनले भने ।

ठूला विमानस्थल, रणनीतिक राजमार्ग, रेल्वे परियोजनाका धेरै काम अगाडि बढ्ने क्रममा रहेको भन्दै मन्त्री खतिवडाले अब निर्माण सामग्री आपूर्तिका लागि पहाड फोर्ने कुरामा संसदबाट पनि सहयोग चाहिने बताए ।

आयोजनालाई प्राथमिकीकरण गर्न नसक्दा बजेट खर्च कमजोर रहेको उनले स्वीकार गरे । सरकार अर्थतन्त्रको संरचनामै परिवर्तन गर्ने क्रममा रहेका कारण त्यसको साइड इफेक्ट अर्थतन्त्रमा देखियको उनको भनाइ छ । खासगरी निर्यात वृद्धि गर्दै आयातमुखी अर्थतन्त्रबाट नेपाल आत्मनिर्भरतातर्फ अगाडि बढ्ने क्रममा रहेका कारण अहिले केही समस्या देखिएको अर्थमन्त्री खतिवडाको भनाइ छ ।

आर्थिक वर्षको पहिलो ५ महिना सकिँदा ९ प्रतिशत मात्र पुँजीगत खर्च रहेको सन्दर्भमा समितिले बिहीवार बिकासे मन्त्रालयसँग छलफल गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment