Comments Add Comment

तालिम लिन गएर अमेरिकामै लुक्ने सशस्त्र प्रहरीका सई पक्राउ

३ पुस, काठमाडौं । सशस्त्र प्रहरी बलले तालिम लिन गएर अमेरिकामै लुकेको आरोपमा एक जना प्रहरी नायब निरीक्षक (सई) लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तत्कालीन सई उमेश सिलवाल छन् ।

सशस्त्र प्रहरीका अनुसार, सिलवाल १० वर्षअघि भीआईपी प्रोटेक्सन तालिमका लागि अमेरिका गएका थिए । तालिम २०६७ साल फागुन ३० गतेदेखि चैत १८ गतेसम्म सञ्चालन भएको थियो । तर, उनी तालिम सकिएपछि पनि लुकेर अमेरिकामै बसे ।

उनलाई सशस्त्र प्रहरीको विशेष अदालतले २०७५ साल भदौ ३१ गते दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय सुनाएको थियो ।

पक्राउपछि आइतबार उनलाई महान्यायधिवक्ताको कार्यालयमा लगेर आवश्यक कानूनी प्रक्रिया पूरा गरेर डिल्लीबजार कारागार पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment