+
+
Shares

सीमा क्षेत्रमा सशस्त्र प्रहरीका ११४ बोर्डर आउटपोष्ट स्थापना गर्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ३ गते १७:०६

३ पुस, काठमाडौं । सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरीका थप ११४ बोर्डर आउटपोष्ट (बीओपी) स्थापना गर्ने भएको छ ।

मन्त्रिपरिषदको सोमबारको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले अब नेपाल भारत र नेपाल चीन दुवैतिरका सीमा क्षेत्रमा २२१ वटा बीओपी रहने बताए ।

यसअघि सशस्त्र प्रहरीका १०७ वटा बिओपी थिए । सीमा क्षेत्रको अपराध नियन्त्रण र सीमा सुरक्षासहितलाई ध्यानमा राखेर राज्यको बलियो उपस्थिति सीमा क्षेत्रमा गराउन खोजिएको बास्कोटाले बताए ।

उनले हालै भारतसँग सीमा विवाद भएको दार्चुलाको ब्यास गाउँपालिका १ मा पनि बोर्डर आउटपोष्ट स्थापना हुने बताए । सरकारले सोही गाउँपालिकाको छाङरुङबाट दुम्लिङसम्मको घोडेटो बाटो पनि संघीय मामिला मन्त्रालयमार्फत निर्माण गरी सञ्चालनमा ल्याउने निर्णय गरेको छ । यो बाटो नहुँदा नेपाली नागरिक भारतीय भूभागबाट यात्रा गर्नुपरेको छ ।

मन्त्रिपरिषद बैठकले गरेका अन्य निर्णय यसप्रकार छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?