Comments Add Comment

ललिता निवास जग्गा प्रकरणः तीन पटक म्याद थप्दा पनि सकिएन अनुसन्धान

सरकारले पुनः दियो एक महिना म्याद

३ पुस, काठमाडौं । बालुवाटारको ललिता निवास र त्यसले चर्चेको करिब १ सय १४ रोपनी जग्गामा भएको अनियमितता प्रकरणको अनुसन्धान अझै सकिएका छैन ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन पटक म्याद थप्दा पनि अनुसन्धान नसकेपछि तेस्रो पटक पुनः म्याद थपिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सीआईबीलाई थप एक महिना म्याद दिने निर्णय गरेको हो ।

सरकारले गरेको निर्णयमा भनिएको छ, ‘सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरुको हिनामिना सम्बन्धी छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को छानविन समितिको म्याद २०७६ मंसिर २८ देखि २०७६ पुस २८ सम्मका लागि एक महिना थप गरिएको छ ।’

तेस्रो पटक थपिएको म्याद २८ मंसिरमा सकिएको थियो ।

सरकारले २८ फागुन ०७५ मा जग्गा हडप्नेमाथि अनुसन्धान गर्न भन्दै तीन महिनाको समय सीआईबीलाई दिएको थियो ।  त्यसपछि १२ असार र २२ भदौमा गरेर दुई/दुई महिना अनुसन्धानका लागि समय थप भएको थियो । ब्युरोसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि प्रकरणमा अनुसन्धान गरिरहेको छ ।

ब्युरोका एक अधिकृतले अनलाइनखबरसँग भने, ‘जग्गा सम्बन्धी अनुसन्धान प्रहरीले अहिले गरिरहेको काम भन्दा फरक ट्रयाकको भएकाले समय लागेको हो ।’

थप गरिएको समयमा अनुसन्धानलाई टुंग्याइने ती अधिकृतले बताए ।

ब्युरोको अनुसन्धानले शोभाकान्त ढकाल, रामकुमार सुवेदी लगायतलाई ठगी मुद्दामा कारबाही गर्नुपर्ने देखाएको स्रोत बताउँछ । प्रकरणमा सीआईबीले ५ दर्जन बढीसँग बयान लिइसकेको ती अधिकृतले बताए ।

तर, अधिकांशले कसूर अस्वीकार गरेका छन् । पूर्वसचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनको आधारमा सीआईबीले छानविन थालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment